२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय रिले पायो पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स

हिमालय रिले पायो पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स

1.4K
Shares

काठमाडौं – बीमा समितिले हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स दिएको छ ।आवेदन परेकाबाट हिमालय रिलाई लाइसेन्स दिने विषयमा सहमति जुटेको समिति स्रोतले भन्यो।

उक्त कम्पनी सञ्चालनका लागि हिमालयसहित प्रुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, र जेनुइन रि इन्स्योरेन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये हिमालयन रि योग्य रहेको उक्त कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको समितले जनाएको छ ।

हिमालय रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij