२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

योे साता नेप्सेमा २० करोड २३ लाख ८८ हजार कित्ता शेयर सूचीकृत

योे साता नेप्सेमा २० करोड २३ लाख ८८ हजार कित्ता शेयर सूचीकृत

960
Shares

 

काठमाडौं – यो साता धितोपत्र दोस्रो बजारमा तीन कम्पनीको २० करोड २३ लाख ८८ हजार कित्ता शेयर थपिएको छ । आरएमडीसी लघुवित्त वित्तिय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मितेरी डेभलपमेण्ट बैंकको शेयर यो साता नेप्सेमा सूचीकृत भएको हो ।  सूचीकृत शेयरमध्ये २ वटा कम्पनीको बोनस शेयर र एउटा कम्पनीको साधारण शेयर रहेको छ ।

मितेरी डेभलपमेण्ट बैंक 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत गराएको हो । आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

आरएमडीसी लघुवित्त वित्तिय संस्था
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार आरएमडीसी लघुवित्त वित्तिय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । उक्त लघुवित्तको १३ लाख ४८ हजार ९८५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बिहिबार धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० करोड कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतबारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो ।

अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० करोड कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij