२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना दिने

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना दिने

2.6K
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । उक्त सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij