काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००(एक सय रुपैयाँ मात्र) दरका ३,००,००० कित्ता शेयर बराबर रु.३,००,००,०००(तीन करोड रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सानो गौचरण, काठमाडौंमा आज आयोजित एक समारोह बीच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध संचालक तथाप्र मुखकार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij