काठमाडौँ – बीमा समितिले नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धन गर्नका लागि बीमा कम्पनीहरुलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । समितिको ०७६ मंसिर १८ को निर्णय अनुसार इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई भ्रमण वर्ष, २०२० को प्रवद्र्धन गर्नका लागि निर्देशन दिएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयको २०७६ मंसिर ८ गतेको पत्र तथा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ०७६ मंसिर ६ गतेको पत्राअनुसार नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफलतापूर्वक सञ्चालन गराउन निर्णय आएको हुँदा सोही निर्णय बमोजिम समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो ।


© 2026 All right reserved to arthanepal.com | Site By : Sobij