२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अजोड इन्स्योरेन्सकाे आईपीओ निष्काशनकाे लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

अजोड इन्स्योरेन्सकाे आईपीओ निष्काशनकाे लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

830
Shares

काठमाडौं– अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

आईपीओ निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

आईपीओ निष्काशन गरेर सर्वसाधारणलाई वितरण गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब, जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij