काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ देखि कारोबार संचालनमा आएको प्रभु लाइफ इन्स्योरेन्सका संचालक समितिको अध्यक्षमा डा. आत्माराम घिमिरे रहेका छन् भने संचालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी संचालक मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij