२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड

1.7K
Shares

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण गरेको छ ।
कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट स्पेसल रेकग्निसन् फर इन्स्योरेन्स स्पेरडीङ् स्ट्रयाटेजी फर द् यर २०१९ पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij