काठमाडौं –नेपाल बङ्गलादेश बैक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैकका नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापक राजु के. सी ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैंकका सम्पुर्ण ग्राहकहरुले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij