काठमाडौं -आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे।
सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सका जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन्। इन्स्योरेन्सले हाल ७६ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij