काठमाडौं -सिद्धार्थ बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सो सम्बन्धि सम्झौतापत्रमा, बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र लाईफ इन्स्योरेन्सका महाप्रबंधक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे।
बैंकका महाप्रबन्धक खनालले आगामी दिनहरुमा सानीमाका बीमा गर्ने ग्राहकलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए।
बैंकले देशभर १५६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १३ सय भन्दा बढी पियोएस मेसिनमार्फत बैंकिङ कारोबार गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij