२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम लाइफ इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैकास्योरेन्स सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैकास्योरेन्स सम्झौता

1.5K
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवाहरु लिन सक्नेछन् ।
यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij