२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनियन लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

यूनियन लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

985
Shares

सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार बैंकले देश भर रहेका १ सय ५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले देशभरीका शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij