२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने प्रस्ताव

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने प्रस्ताव

1.4K
Shares

काठमाडौं– सगरमाथा इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीको बैशाख २६ गते बिहिबार बसेको संचालक समितिको २७१ औँ बैठकले आर्थिक वर्ष ७४ ७५को मुनाफाबाट आफ्ना लगानीकर्तालाई ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ८६ प्रतिशतले हुन् आउने ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानिकर्ता स्वयमले नै तिर्नु पर्नेछ ।

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा कार्यान्वयन हुने छ । कम्पनीको हालको चुक्ता पुंजी ५३ करोड ८२ लाख ९१ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij