२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण

1.3K
Shares

काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी वापतको भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
बैंकको लालबन्दी शाखा कार्यालयमा गुराँस सावधिक जीवन बिमा अन्तर्गत ५ लाख को बिमा गराई जम्मा ५ किस्ता वापत १ लाख ८१ हजार ६ सय ४५ भुक्तानी गरिएको बैंकले जनाएको छ ।

बैंकले लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज , सर्लाही निवासी बिमीत विष्णु राज श्रेष्ठको मोटर साइकल दुर्घटनमा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बिमीतको श्रीमती श्रीमती रेखा जोशीलाई ११ लाख ८ हजार ५ सय २ को चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख लोक कुमारी काफ्ले, लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष नवराज अधिकारी र उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा हस्तान्तरण उक्त रकमको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij