२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेल नियुक्त

आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेल नियुक्त

1.6K
Shares

काठमाडौं– आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी दिपक शर्मा पोख्रेललाई नियुक्त भएका छन् ।
एक्रश मनि ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई नियुक्त गरीएको कम्पनीले जनाएको छ ।

यस अघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वर कुमार कार्कीले गर्दै आएका थिए । शर्माको नियुक्ती पछि सञ्चालक इश्वर कुमार कार्कीलाई बिदाई समेत गरिएको थियो ।

विदाई कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले कार्कीले कम्पनी प्रति पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij