२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न

युनाईटेड इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न

2.9K
Shares

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनि नेपालको विशेष साधारण सभा बिहिवार सम्पन्न भएको छ । उक्त बिशेष साधारणसभामा कम्पनीको संचालक समितिको ३२३ औ बैठकले पेश गरेका विशेष प्रस्तावहरु समेत छलफल गरि सर्वसम्मत रुपमा पारित गर्ने निणय भएको छ ।
बिशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखमात्रको २४० प्रतिशत (१ः२ः४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ ।
साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारीपुँजी र चुक्तापुँजी एक अर्व दुई करोड एकासीलाख साठ्ठीहजार रुपैया मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको जानकारी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij