काठमाडौं- व्यवसाय शुभारम्भ देखि बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा योजना स्वरुप “घातक रोग उपचार” सेवा सहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न गरेकोे छ ।
सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष श्री आर.एस. भण्डारीले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नि विभाग प्रमुख डा. भाष्कर राज पन्त लगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij