काठमाडौं- इनफिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको चुत्तापुँजी १४ करोड रुपैयाँ रहेको छ । इनफिनिटीको केन्द्रीय कार्यलय नवलपरासीको गैडाकोटमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij