२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

प्रभु लाइफ इन्स्योरेन्सको थप तीन नयाँ शाखा सञ्चालनमा

प्रभु लाइफ इन्स्योरेन्सको थप तीन नयाँ शाखा सञ्चालनमा

2K
Shares

काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखा संचालन गरी कारोबार सुरु गरेको छ ।

तीनवटै शाखा कार्यालयको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरले शाखाहरु विस्तारको क्रममा रहेको बताए । उनले पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा कम्पनीका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij