काठमाडौं– कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सेवा आदान–प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौताले बैंकको व्यवसाय प्रबर्द्धनमा सहयोग पुग्ने र बैंंकका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ । कामना सेवा विकस बैंकका कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij