जनरल इन्स्योरेन्स कम्पनी (जिआइसी) नेपाल र सिटिजन्स् बैंक इन्टरनेसनलबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच मंगलबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेल र इन्स्योरेन्सका महाप्रबन्धक एसके.तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जिआइसी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवासुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij