२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लाइफ र कञ्चन विकासबीच बिमा सम्झौता

सानिमा लाइफ र कञ्चन विकासबीच बिमा सम्झौता

1K
Shares

काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सले कञ्चन विकास बैकसँग बिमा सेवासम्बन्धी सम्झौता गरेको छ । इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना र कञ्चन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै विकास बैंकका ग्राहकले बिमा शुल्क भुक्तानी, बिमालेख खरिद तथा बिमा दाबी भुक्तानी सहज रूपमा सानिमा लाइफबाट प्राप्त गर्न सक्नेछन् । साथै, सानिमा लाइफ इन्स्योरेन्सका विभिन्न बिमालेख कञ्चन विकास बैंकका सबै शाखामार्फत उपलब्ध हुने बताइएको छ । साथै, सानिमा लाइफ इन्स्योन्सले सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग पनि यसैप्रकारको सम्झौता गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij