२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआइसी नेपालको सिइओमा दास नियुक्त

एलआइसी नेपालको सिइओमा दास नियुक्त

1.1K
Shares

काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकमा लक्ष्मीप्रसाद दास चयन भएका छन् । कम्पनीको ९७औँ सञ्चालक समितिको बैठकले १५ माघबाटै दासलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

यसअघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालेका थिए । एमबिएसम्म अध्ययन गरेका दाससँग २६ वर्षभन्दा लामो समय जीवन बिमा क्षेत्रको अनुभव रहेको छ ।

एलआइसी अफ इन्डियामा अधिकृतस्तरबाट सेवा सुरु गरेका दास यसअघि भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एलआइसी अफ इन्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij