२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

बेष्ट फाइनान्सको हकप्रद शेयर लिलाम विक्रीका लागि आवेदन खुल्ला

बेष्ट फाइनान्सको हकप्रद शेयर लिलाम विक्रीका लागि आवेदन खुल्ला

2K
Shares

काठमाडौं–बेष्ट फाइनान्सले हकप्रद शेयर लिलाम विक्रीका गर्ने भएको छ साविक सिनर्जी फाइनान्स लिमितर्फको संस्थापक र सर्वसाधरणतर्फको कूल आठ लाख पाँच हजार ८४दशमलव ४८ कित्ता अवितरित हकप्रद शेयर लिलाम विक्री गर्न सर्वसाधारणका लागि आबेदन खुल्ला गरेको हो ।
हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ पाँच लाख ५७ हजार सात सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधरणतर्फ दुई लाख ४७ हजार तीन सय नौ दशमलब ९० कित्ता सेयर लीलाम बिक्रीका लागि सुचना जारी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

संस्थाले सेयरको न्युनतम मुल्य एक सय तोकेको हुँदा सो भन्दा बढि मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटलबाट आवेदन दिन सकिने संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij