२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चितवन माडी नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

चितवन माडी नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

1.6K
Shares

चितवन– चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्स्योरेन्स सँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ ।
“माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ”। नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए । विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउनेछन् ।”
माडीमा वन्यजन्तुले वर्षेनी कृषि बालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उहाँको भनाइ छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक (बाबु अथवा आमा) को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij