२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता, जेभियर इन्टरनेसनल कलेज बिजयी

अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता, जेभियर इन्टरनेसनल कलेज बिजयी

1.9K
Shares

काठमाडौं–अल्फा बिटा इन्टर कलेज हाजिरीजवाफ प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज बिजयी भएको छ । अल्फा बिटाले आयोजना गरेको दुई दिने सो प्रतियोगितामा १६ कलेज सहभागि भएकोमा जेभियर इन्टरनेसनल विजेता हुन सफल भएको हो । सो प्रतियोगितामा गोल्डेन गेट इन्टरनेसनल कलेज उपविजेता हुन सफल भएको छ । 

बिजेता जेभिएर इन्टरनेश्नल कलेजलाई ५० हजार रुपैयाँ नगदका साथै ट्रफि तथा मेडलबाट पुरस्कृत भएको छ । त्यसैगरी उपबिजेता गोल्डेन गेट इन्टरनेश्नल कलेजले पच्चिस हजार नगदका साथै ट्रफि तथा मेडल प्राप्त गरेको छ ।

बिजेता र उपबिजेतालाई अल्फा बिटाका प्रबन्ध निर्देशक मञ्जु शर्माले पुरस्कार प्रदान गरिन् । पुरस्कार बितरण गर्दै प्रबन्ध निर्देशक शर्माले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धाको भावना विकाश गर्ने बताइन् । बुधवार र बिहिबार सञ्चालन भएको सो प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका कलेजका विद्यार्थी सहभागि भएका थिए । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij