काठमाडौं– नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।
हाउसको संचलाक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।
यस अघि संचालक रहेका सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोन्नती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पदहरु रिक्त रहेको थियो ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंकको तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij