अर्थ नेपाल काठमाडौं /प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ दुई उप–शाखा धनकुटा तथा अछामबाट एकैसाथ कारोबार सुरु गरेको छ ।
नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङज्यूले एक कार्यक्रमकाबीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा सुरु गरे ।
कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जिवन बीमा जरुरी रहेको बताउँदै प्रभु लाइफ इन्स्योरेन्सले धनकुटाको बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।
अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले प्रभु लाइफ इन्स्योरेन्सले स्थानिय तहसम्म पुगी लक्षित वर्गहरुलाई जीवन बीमा सेवा प्रदान गर्न सक्षम हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी गराए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij