२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्डिखटारमा सेञ्चुरी बैंकको नयाँ शाखा

मन्डिखटारमा सेञ्चुरी बैंकको नयाँ शाखा

1.4K
Shares

अर्थ नेपाल काठमाडौं /बुढानिलकन्ठको मन्डिखटारमा सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको उदघाटन गरेका थिए ।
बैंकले बुढानिलकन्ठ नगरपालिकाको कपन क्षेत्रमा वडा नं १२ को कार्यालमा एक्सटेन्सन काउन्टर पनि सुचारु गरेको छ। बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकलाई सेवा पुर्याउने छ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा, ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij