२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा सुरु

ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा सुरु

1.8K
Shares

अर्थ नेपाल
काठमाडौं/ग्लोबल आइएमई बैंकले कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर जनसम्पर्क म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा गरेका छन्।
उक्त शाखा रहित बैंकिङ सेवाको लागि स्थानीय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ।
बैंकले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ् सेवा र ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय सेवा दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij