
अर्थ नेपाल
नुवाकोट/ नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकको नवौँ बार्षिक साधारणसभा बैशाख ३१ गते नुवाकोट जिल्लाको बट्टारमा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापकतर्फ हरि प्रसाद, गंगालाल श्रेष्ठ र रामहरि शर्मा रिजाल गरी तीन जना तथा सर्वसाधारणतर्फ सुदिप थापा र राजिव कुमार कर्ण गरी दुई जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
साथै साधारणसभाले आ.व. २०७३/७४ को ७.३ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०।३८३५ नगद लाभांश पारित गरेको छ भने आफ्नो कार्यक्षेत्रलाई नुवाकोट बाहेक थप ४ जिल्ला धादिङ्ग, चितवन, तनहुँ र कास्की मा विस्तार गर्ने निर्णय समेत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij