
अर्थ नेपाल
काठमाडौँ /सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजना सहयोगको लागि ४ लाख ८ हजार प्रदान गरेको छ ।
मंगलबारका बैंकका अध्यक्ष मनोज कुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरेको थिए । उक्त सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने भएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष श्री मनोज कुमार केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij