२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

माछापुच्छ्रे बैंकको १० नयाँ शाखा सञ्चालनमा

माछापुच्छ्रे बैंकको १० नयाँ शाखा सञ्चालनमा

2.1K
Shares

अर्थ नेपाल
काठमाडौं /एकै पटक देशका विभिन्न भागमा माछापुच्छ्रे बैंक लिमिटेडले थप १० शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा शाखा विस्तार गरेको छ ।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको बैंकले जनाएको छ । यसका साथै, हलेसी र गणेशमानचारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij