
अर्थ नेपाल
काठमाडौं/कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद सेयर लिलामी सोमबारदेखि बिक्री खुला भएको हो ।
संस्थापकतर्फ १४ लाख ६१ हजार २७० र सर्वसाधारणको ३ लाख ९१८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रतिसेयर १०० रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने प्रभु क्यापिटलले जनाएको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij