२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजदेखि रैराङ हाइड्रोपावरको आइपीओ खुल्यो

आजदेखि रैराङ हाइड्रोपावरको आइपीओ खुल्यो

2.1K
Shares

अर्थ नेपाल

काठमाडौँ / रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आजदेखि साधारण सेयर बिक्री सुरु गरेको छ ।
आजदेखि बिक्री हुन लागेको सो जलविद्युत् कम्पनीको साधारण शेयर १०० रुपैयाँ अंकित गरिएको छ । रु. ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन बन्द छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले न्युनतम ५० र अधिकतम ४ हजार २०० कित्ता खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार कुल निष्कासन मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।
आईपीओका लागि एनआईबीएल एसको लाजिम्पाट, रैराङको केन्द्रीय कार्यालय थापाथली दरखास्त दिन सकिने छ । यस्तै आश्वा प्रणालीबाट पनि नजिकको बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजनाबाट बिजुली उत्पादन भइनसकेकाले धितोपत्र बोर्डले यही बैशाख ९ गते चुक्तापुँजीको १५ प्रतिशत अर्थात रु ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको जनाएको छ ।
कम्पनीले धादिङको रैराङ खोलामा ५०० किलोवाटको रैराङ साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर सञ्चालन गरिरहेको छ । सो आयोजना २०६१ सालदेखि सञ्चालनमा रहेको छ । सोही कम्पनीले हाल करिब १० मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सो आयोजना केही समय भित्रै निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । सो आयोजनाको कूल लागत रु १ अर्ब ६० करोड रहेकोक छ ।
सो आयोजनामा प्रतिमेगावाट रु १६ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीलाई १० प्रतिशत साधारण शेयर बिक्री गरिसकेको छ । त्यो भनेको रु ५ करोड ६० लाख बराबरको ५ लाख ६० हजार कित्ता शेयर हो । उक्त परिमाणको शेयरको बाँडफाँड समेत भइसकेको छ ।
कम्पनीका अनुसार रैराङको जारीपुँजी रु ५६ करोड रहेको छ । त्यसमा नागरिकको २५ प्रतिशत शेयर रहेको छ । बाँकी रहेको रु ४२ करोड रकम संस्थापक लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij