२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ बानेश्वरमा गण्डकी विकास बैंकको नयाँ शाखा

नयाँ बानेश्वरमा गण्डकी विकास बैंकको नयाँ शाखा

1.8K
Shares

अर्थ नेपाल
काठमाडौं / काठमाडौंको नयाँ वानेश्वरमा गण्डकी विकास बैकले नयाँ शाखा स्थापना गरेको छ । शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले पछिल्ला दिनहरुमा बैक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिन बैंकहरुलाई सुझाव दिएका थिए ।
त्यसैगरी गण्डकी विकास बैंक लिमिटेडका अध्यक्ष जगन वहादुर गुरुङ्गले बैकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे बताए ।
बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा र ती शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको बताए । उनले त्यस पश्चात बैंकका ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij