२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक र एलआइसीबीच बैंकास्योरेन्स सम्झौता

ग्लोबल आइएमई बैंक र एलआइसीबीच बैंकास्योरेन्स सम्झौता

1.4K
Shares

अर्थ नेपाल
काठमाडौं /लाइफ इन्स्योरेन्स कर्पोरेसन र ग्लोबल आइएमई बैंक बीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र बैंकका समकक्षी जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।
अब सर्वसाधारणले एलआइसी नेपालका विभिन्न जीवन बिमा योजना र बिमा सेवा ग्लोबल आइएमई बैंकका देशभरका शाखाहरुबाट लिन सक्नेछन्।
ग्लोबल बैंकका देशभर १२२ वटा शाखा र चारवटा एक्सटेन्सन काउन्टर छन्। एलआइसी नेपालले एक दर्जनभन्दा बढी जीवन बिमा योजना बिक्री गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij