२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

सेञ्चुरी कमर्सियल बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त

2.4K
Shares

अर्थ नेपाल काठमाडौं /सेञ्चुरी कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तुलसीराम गौतम नियुक्त भएका छन् ।
नेपाल बैंकबाट बैंकिङ्ग सेवा सुरु गरेका गौतमले उक्त बैंकमा १३ वर्ष काम गर्नुका साथै नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एस्।बी।आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष कार्य गरेको अनुभव रहेको छ । विगत ७ महिना देखि नायव प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराईले कायम मुकामय प्रमुख कार्यकारी अधिकृत भई कार्यभार सम्हालेका थिए ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij