
अर्थ नेपाल काठमाडौं /एलजीले डबर डोरको नयाँ रेफ्रिजेरेटर बजारमा ल्याएको छ। नयाँ प्रविधि आकर्षक डिजाइन, वातावरणमैत्री र कम विद्युत खपत गर्ने प्रविधियुक्त डबल डोर रेफ्रिजेरेटर बजारमा आएको कम्पनीले जनाएको छ।
नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स हो।हरेक रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी रहेको छ। यसमा डोर कुलिङ सुविधा छ, जसले फ्रिजभित्रको तापक्रम थपघट गरी रेफ्रिजेरेटरलाई कन्भेन्सनल कुलिङ भन्दा ३५ प्रतिशतले छिटो चिसो बनाउने गर्दछ। डबल डोर रेफ्रिजेरेटरले ३२ प्रतिशत सम्म उर्जा बचत गर्ने र १४ दिन सम्म खानेकुरा ताजा राख्न सकिने एलजीले जनाएको छ।
एलजीका रेफ्रिजेरेटरमा अटो स्मार्ट कनेक्ट फिचर छ, जसका सहायताले फ्रिजलाई होम इन्भर्टरमाकनेक्ट गर्न सकिन्छ। यसमा रहेको डबल ट्विस्ट आइस ट्रे फिचरको सहायताले धेरै आईस छिटै चाहिएमा सजिलै बनाउन सकिन्छ।
यी रेफ्रिजेरेटरहरुमा दुई लिटरका ठूला बोतलहरु राख्ने पर्याप्त ठाउँ हुनाका साथै लो भोल्टेजमापनि काम गर्न सक्ने क्षमता छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij