
अर्थ नेपाल काठमाडौं /आइएमई लाईफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्सुरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमईको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।
आइएमई लाईफ इन्स्योरेन्सले ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको कम्पनिले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij