
अर्थ नेपाल ललितपुर / नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) र प्रभु बैंक बीच शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि नेपाल मेडासिटीमा उपचार गराउने प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई शुल्क छुट हुने जनाइएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि प्रभु बैंक र नेपाल मेडिसिटीबीच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवम् डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी ९अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि. बाट प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij