
अर्थ नेपाल संवाददाता
काठमाडौ / लोकप्रिय गायिका सिर्जना कार्की अब संगीतकार पनि भएकी छिन् । उनको स्वर तथा संगीत रहेको नयाँ गीत ‘माया’को लिरिकल पप गीतको भिडियो सार्वजनिक भएको छ । गायनमा पोख्त रहकी सिर्जनाले यसै गीतबाट संगीत सृजनामा पनि हात हालेकी छिन् । अब गायनसगैं संगीतकारको रुपमा उनको भविष्य राम्रो भएको देखिन्छ ।
सिर्जना र अर्पण कार्कीको शब्द रहेको गीतमा सिर्जनाकै संगीत छ । हर्कुलश बस्नेतले एरेञ्ज गरेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन तथा रामकुमार केसीको छायांकन छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij