२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माग अनुसारको उत्पादन गर्न सकेका छैनौ

माग अनुसारको उत्पादन गर्न सकेका छैनौ

1.6K
Shares

 

नेपालमा अहिले खपतको ७० प्रतिशत भन्दा बढि सिमेन्ट उत्पादन हुने गरेको छ । आधुुनिक विकासक्रमसगैं पुननिर्माणले गति लिन थाले पछि सिमेन्टको माग पनि बढेको छ । यहि मागलाई मध्यनजर गरेर नेपाली समेन्ट उद्योगहरु अझ उत्साहित भई सञ्चालन गरिरहेका छन्  । नेपालमा सिमेन्ट उद्योगको सम्भावना, चुनौति र अवसरका बारेमा मारुती सिमेन्ट लि.का मार्केटिङ एण्ड ब्राण्ड म्यानेजर राजु श्रेष्ठसंग अर्थ नेपाल डट कमका लागि  मनोज थापाले गरेको कुराकानी :

तपाईको कम्पनिको बारेमा भन्दिनुस् न ?
सिरहाको मिर्चौयामा अवस्थित मारुती सिमेन्ट लि.कम्पनि नेपालको पहिलो तथा निजीस्तरका ठुलो सिमेन्ट उत्पादन गर्र्ने कम्पनि हो । उदयपुरको आफ्नै चुनढुंगा खानीबाट अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिन्फिल्ड प्लान्टद्धारा अहिले मारुती ओपीसि सिमेन्ट उत्पादन गर्दै आएको छ ।
तपाईहरुले उत्पादन गर्नु भएको सिमेन्टका विशेषताहरु?
सिमेन्टमा सबै भन्दा महत्वपुर्ण कुरा भनेको चुनढुंगा हो जुन नेपालकै सर्बोत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै खानी बाट हामीले ओपीसि सिमेन्ट उत्पादन गरिरहेका छौं । यो ठुला संरचनाहरु, बिद्युतिय बाँध,बाटो, पुल निर्माणदेखी बलियो घर निर्माणमा पिल्लर तथा ढलान गर्न अत्यन्त उपयोगी छ । ठुला निर्माण कम्पनि तथा अनुभबी इन्जिनियर अनि आम उपभोक्ताको पहिलो रोजाईमा पर्नुको कारण हाम्रो गुणस्तरियता नै हो । गुणस्तरीय उत्पादनको साथमा सहि मूल्य समायोजनगरि हरेक नेपाली मन मनमा बसी समृद्ध देश विकाशमा हातेमालो गरिरहेका छौं ।

बजारको अवस्था कस्तो छ ?
बजारको अवस्था एकदम हाम्रो छ । माग अनुसारको उत्पादन गर्न सकेका छैनौ । अहिले बजारको ७० प्रतिशतमात्र स्वदेशी उत्पादनले धानिरहेको छ । ठुला जलविद्युत आयोजना, सडक, घर निर्माण तथा पुननिर्माणको काम तिब्र गतिमा भएको कारण पनि सिमेन्टको माग बढेको छ ।
कतिको प्रतिस्पर्धा छ ?
व्यवसायमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर गुणस्तरमा प्रतिस्पर्धी बनौ भन्ने हाम्रो चाहाना हो नकी यसको मुल्यमा । सिमेन्टहरुमा पनि प्रतिस्पर्धा रहेको छ । हामी नै देशभरी पुग्न सकेका छैनौ । हाम्रो प्रतिस्पर्धा भनेको सहि मुल्यमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै देश बिकासमा अग्रसर हुनेसंग मात्र हो ।
सिमेन्ट उत्पादन गर्दाको समस्या ?
नेपालमा सिमेन्ट उत्पादन गर्दा पहिले लोडसेडिङको कारण सबै भन्दा ठुलो समस्या थियो । अहिले यो समस्या केहि हल भएको छ । त्यस्तै ढुवानी, तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगाएत अर्को समस्या भनेको चुनढुंगा उत्खनन् गर्ने ठाउँको जनताको अनावश्यक मागहरु धेरै हुने भएको हुँदा उहाँहरुको माग पुरा गर्न गाह्रो हुने गरेको छ । तर हामीले आफ्नो क्षेत्र भित्र पर्ने ठाउँमा सक्ने जति सहयोग र उत्पन्न भएका समस्याहरुको समाधान गर्दै आएका छौं ।
नेपाल सिमेन्टमा आत्मनिर्भर भएको हो ?
विस्तारै आत्मनिर्भरको बाटोमा अघि बढेको छ । नेपालमा बहुराष्ट्रिय कम्पनिहरुले पनि सिमेन्ट उत्पादन गर्दै हुनुहुन्छ । हामी पनि नयाँ टेक्नोलोजि अपनाउँदै आफ्ना उत्पादन क्षमता बढाउँदै छौं । र निकट भविष्यमा नै हामी पिपिसि सिमेन्ट पनि उत्पादन गर्ने तयारी गर्दैछौं ।
कच्चा पदार्थ कताबाट ल्याउनु हुन्छ ?
स्वदेशी चुनढुंगा खानी, स्वदेशी कामदार तथा स्वदेशी लगानीबाटै उत्पादन हुने स्वदेशी उत्पादन मारुती सिमेन्टको थोरै मात्रामा मात्र प्रयोग हुने अन्य कच्चापदार्थ भने भारत तथा तेस्रो मुलुकबाट ल्याउने गरेका छौं  ।
ग्राहकको प्रतिक्रिया कस्तो छ ?
उहाँहरुको प्रतिक्रिया राम्रो छ । गुणस्तरिय सिमेन्ट भएको हुँदा उहाँहरुको गुनासो आएको छैन् र समयमा पाउन नसकिने मात्र एउटा गुनासो छ जुन हामीले समाधान गर्ने प्रयास गरिरहेका छौं ।
सिमेन्ट खरिद गर्दा उपभोक्ताले केमा ध्यानदिने ?
उपभोक्ताले सिमेन्ट खरिद गर्दा ओपिसी र पिपिसी सिमेन्टको काम बुझेर मात्र खरिद गर्नु पर्दछ । ओपिसि सिमेन्ट ढलान तथा पिल्लर, बिमका लागि प्रयोग गरिन्छ भने पिपिसि सिमेन्ट प्लास्टर गर्नका लागि प्रयोग हुन्छ त्यसैले त्यो कुरामा ध्यान दिनु पर्दछ । पसलमा पसलले जुन दियो त्यहि किन्न हुन्न । सस्तो र उपहारको लोभमा नपरी एक पटक साचेर मात्र गुणस्तरिय र विश्वासिलो ब्राण्ड छनोट गर्न अनुरोध गर्दछु ।
तपाईहरुको राज्यसंग अपेच्क्षा ?
विशेषगरि चुनढुंगा उत्पादन हुने क्षेत्रका जनताको मागलाई हामीले मात्र पुरा गर्न सक्दैनौ त्यो कुरामा सरकारले सहयोग ग¥यो भने चुनढुंगा उत्खनन् तथा ढुवानीमा समस्या आउने थिएन । स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्न जरुरी छ  ।
अन्त्यमा ?
सिमेन्ट भनेर मात्र हुँदैन सस्तो र उपहारको लोभमा नपरी एक पटक सोचेर मात्र गुणस्तरीय र विश्वासिलो ब्राण्ड छनौट गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij