२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट

नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट

1.5K
Shares

काठमाडौं / नेपालमा जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको  छ । जल तथा उर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर रहेको देखाएको हो ।

५० बर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख गरेका थिए ।

आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो ।

कम्पनीले ५ हजार मिटरभन्दा तल र चुरे क्षेत्रभन्दा माथिका १३ नदी बेसिनमा गरेको अध्ययनले ८२ हजार ९ सय ८० मेगावाट उत्पादन क्षमता देखाएको टोली प्रमुख केपी दुलाले जानकारी दिए ।

कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij