
अर्थ नेपाल संवाददाता
काठमाडौं /जापानमा निर्माण सुरू गरेको निप्पोन पेन्टले नेपाली बजारमा आउने भएको छ ।
अगामी शुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा सुरु हुन गइरहेको नेपाल ब्युल्डकन इन्टरनेशनल एक्स्पोबाट पेन्टले आफ्नो व्यापार सुरु गर्ने भएको हो। निप्पोन इन्डियाका अध्यक्ष एस महेश आनन्दले बताएअनुसार कम्पनीले नेपालमा लगानी गरी व्यापार सुरू गर्न पाउँदा गौरवान्वित भएको बताएका छन्।
हाल भारतमा निर्माण भइरहेको यस पेन्ट वातावरण मैत्री तथा उच्च गुणस्तरको रहेको कम्पनीले जनाएको छ।
निपोन्न पेन्टले यूरोप तथा अन्य महादेशका गरी कूल एकतीस वटा देशमा आफ्नो व्यापार गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij