२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब एप्पल प्रमुख टीम कुक निजी विमान मात्र चढ्ने

अब एप्पल प्रमुख टीम कुक निजी विमान मात्र चढ्ने

1.9K
Shares
FILE - In this April 30, 2015, file photo, Apple CEO Tim Cook responds to a question during a news conference at IBM Watson headquarters, in New York. The Massachusetts Institute of Technology announced on its website Thursday, Dec. 8, 2016, that Apple CEO Tim Cook will deliver its 2017 commencement address. (AP Photo/Richard Drew, File)

एजेन्सी/आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइडरले जनाएको छ । बोर्डको निर्देशन छ कि अब उनले कार्यालय प्रयोजनमा मात्र नभई निजी काम वा घुमघामका लागि निस्कँदासमेत निजी विमान नै प्रयोग गर्नुपर्ने छ ।

 

एप्पल बोर्डले कार्यदक्षता बढाउन र आफ्नो सीइओको सुरक्षाका लागि पनि यस्तो निर्णय गरिएको जनाएको छ । कम्पनीका अनुसार कुकले अघिल्लो वर्ष व्यक्तिगत यात्रामा ९३ हजार १ सय १९ अमेरिकी डलर खर्च गरे । त्यस्तै सन् २०१७ मै उनले व्यक्तिगत सुरक्षामा २ लाख २४ हजार २ सय १६ अमेरिकी डलर खर्चेको बीबीसीले जनाएको छ । सन् २०१७ मा कुकको तलब ३० लाख डलर थियो भने बोनसबापट ९३ लाख डलर र सेयरबापत थप ८ करोड ९० लाख डलर प्राप्त गरेका थिए । एप्पलका अन्य उच्च अधिकारीहरुले पनि निजी विमान प्रयोग गर्न पाउँछन तर यदि उनीहरुले परिवारका सदस्यलाई संगै यात्रा गराएको खण्डमा त्यसको पैसा भने तिर्नुपर्छ ।

तर, अब प्रमुख कार्यकारीले ढुक्कसँग आफू र आफ्ना परिवारलाई पनि त्यसमा यात्रा गराउन पाउनेछन् । निजी विमानमा यात्रा गर्नु निकै महँगो हुने गर्छ । जसले गर्दा अमेरिकाका धेरै धनाढ्यहरु पनि निजी विमानमा यात्रा गर्न मन पराउँदैनन् । एप्पलका संस्थापक स्टीभ जब्स पनि निजी विमानमै यात्रा गर्दथे जुन विमान कम्पनीले उनलाई सन् २००० मा उपहारस्वरुप दिएको थियो । जब्सको मृत्युपछि एप्पलकै डिजाइन प्रमुख जोनी इभले सो विमान खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij