२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

जीवन बीमा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एलआईसी नेपाल सम्मानित

जीवन बीमा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एलआईसी नेपाल सम्मानित

270
Shares

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लि.लाई उत्कृष्ट करदाताको रुपमा आज नेपाल सरकारले विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एलआईसी नेपालका सिईओ प्रणय कुमारलाई सम्मान गरेका हुन् ।

भारतीय जीवन बीमा कम्पनी एलआईसी इण्डियाको मुख्य शेयर लगानी रहेको एलआईसी नेपालले आव २०८१।०८२ मा अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरुलाई पछाडि पार्दै उत्कृष्ट करदाता कम्पनी घोषित भएको हो ।

सरकारले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा जीवन बीमा कम्पनीहरुको तर्फबाट एलआईसी नेपालले सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट बन्न पुगेको छ ।

उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि सिईओ प्रणय कुमारले सरकारले करदाताको हौसला बढाएर सह्रानीय कार्य गरेको र आफूलाई पनि हौसला बढेको बताए । सिईओ कुमार गोर्खाली टोपी लगाएर सम्मान ग्रहण गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij