२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद घाटा १६ करोड १५ लाख ५६ हजार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद घाटा १६ करोड १५ लाख ५६ हजार

275
Shares

काठमाडौं -सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घाटा घटाउन सफल भएको छ। कम्पनीले चालु आवको असोज मसान्तसम्म १६ करोड १५ लाख ५६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ रहेको थियो।

घाटा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ४२ रुपैयाँ ५५ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु आवमा २३ रुपैयाँ ३ पैसा ऋणात्मक कायम भएको छ।

यद्यपि कम्पनीको कुल आम्दानी भने १० दशमलव ५६ प्रतिशतले घटेर ४४ करोड ४५ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४९ करोड ६९ लाख ९९ हजार रुपैयाँ थियो।

यता, कम्पनीको खुद आर्जित बीमाशुल्कमा भने गिरावट आएको छ। चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले २६ करोड ६९ लाख २३ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क प्राप्त गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ९० लाख १२ हजार रुपैयाँ रहेको यस्तो रकम १३ दशमलव ६२ प्रतिशतले घटेको हो।

कम्पनीको कुल दाबी भुक्तानी भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५४ करोड ६० लाख ५५ हजार रुपैयाँ रहेको कुल दाबी भुक्तानी चालु आवमा एक अर्ब ५१ करोड १२ लाख २७ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १७६ दशमलव ७५ प्रतिशतको वृद्धि हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij