२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

नेप्से ३.६२ अकंले बढ्यो

नेप्से ३.६२ अकंले बढ्यो

200
Shares

काठमाडौं – बिहीबार नेप्से परिसूचक सामान्य अंक सकारात्मक भएर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६२ अकंले बढेर २६२८.६७ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ। बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक बढेको छ।

बिहिबार १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij